Google
Free Image Hosting

Tuesday, April 29, 2008

राजतन्त्र जोगाउन सशस्त्र संघर्षको चेतावनी

आफ्नोन्यूज,बैशाख १८ गते बुधवार

काठमाडौ । नेपाल र भारतका कट्टर हिन्दूवादीले राजतन्त्र जोगाउन सशस्त्र संघर्षको चेतावनी दिएका छन् । भारतको उत्तरप्रदेशमा १७ वैशाखमा सम्पन्न सम्मेलनपछि विश्व हिन्दु परिषदले उक्त चेतावनी दिएको हो ।

राजतन्त्र हटाए आफूहरुलाई मान्य नहुने भन्दै उनीहरुले सशस्त्र संघर्षको तयारी भइरहेको जनाएका छन् । परिषदका अध्यक्षमा छानिएका नेपाली सेनाका पूर्व कर्णेल हेमबहादुर कार्की र निवर्तमान अध्यक्ष एवं पूर्व शाही पाश्ववर्ती भरतकेशर सिंहले सशस्त्र संघर्षको नेतृत्व गर्ने जनाइएको छ । उनीहरुलाई भारतीय जनता पार्टीका सांसद आदित्यनाथले समेत आन्दोलनमा सघाउने जनाइएको छ ।

संविधानसभाको पहिलो बैठकले राजतन्त्र हट्ने निश्चितप्राय हुंदा हिन्दुवादीहरुको पछिल्लो अभिव्यक्ति आएको हो ।

प्रचण्ड र मार्टिनबीच भेटवार्ता

आफ्नोन्यूज,बैशाख १८ गते बुधवार

काठमाडौ । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपालमा रहेको राष्ट्रसंघीय मिसन अनमिन प्रमुख यान मार्टिनविच भेटवार्ता भएको छ । बिहान प्रचण्ड निवास नयाँ बजारमा भएको भेटवार्तामा अब बन्ने नयाँ सरकार, त्यसको स्वरुप र सेना समायोजनका विषयमा छलफल भएको छ ।

त्यस्तै नेपालको शान्ति प्रक्रिया र अबको राष्ट्रसंघको भूमिकाका विषयमा पनि छलफल भएको माओवादी स्रोतले जनाएको छ । प्रचण्ड सँगको भेटमा अनमिन प्रमुख मार्टिनले सेना समायोजनका विषयमा विषे चासो राख्नु भएको बुझिएको छ

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपालमा अब राष्ट्रसंघको भूमिका आबश्यक नरहेको बताउनु भएपछि त्यो विषयमा पनि छलफल भएको छ । भेटवार्ता विहान सवा ७ बजे देखि आधाघण्टा सम्म चलेको थियो ।

५ देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाउँदै

आफ्नोन्यूज,बैशाख १८ गते बुधवार

काठमाडौ । नेपालका लागीभारतसहित विभिन्न् देशका नवनियूक्त राजदुतहरुले आज प्रधानमन्त्री समक्षा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दैछन् । राष्ट्रअध्यक्षका हैसितले भारतीय राजदुत राकेश शुद, लगायत ५ ओटा देशका राजदुतले आज प्रधानन्त्रीलाई आहोदाको प्रमाणपत्र पेश गर्न लागेका हुन् । ओहोदाको प्रमाणपत्र बुझाउने अन्य राजदुतहरुमा चेक गणतन्त्र, अफगानस्थान, आयरल्याण्डका राजदुत रहेका छन् । नवनियूक्तराजदुतले राजालाई आहोदाको प्रमाणपत्र बुझाउने गरेकामा लोकतान्त्रीक आन्दोलनपछिको प्रतिनिधि सभाले अधिकार कटौति गरेपछि राष्ट्राध्यक्षका रुपमा प्रधानमन्त्रीलाई बुझाउन लागीएको हो ।

आज दिउसो ४ बजे ति राजदुतहरुले सयूक्तरुपमा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारको स्टेटहलमा आहोदाको प्रमाणपत्र बुझाउने छन् । यसैविच प्रधानमन्त्री कोइराला सँग नेपालका लागी प्रान्सका राजदुतले अहिले केहिवेरमा भेटवार्ता गर्दैहुनुहुन्छ ।

Monday, April 21, 2008

समानुपातिक पनि अन्तिम चरणमा

१० बैशाख २०६५

दुई सय चालिस सीटका लागि भएको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आएपनि ३३५ सीटका लागि भएको समानुपातिकतर्फको सम्पूर्ण नतिजा आउन अझै केही दिन लाग्नेछ ।
चैत २८ गते सम्पन्न संविधानसभा चुनावको प्रत्यक्षतर्फको नतिजा प्राप्त भए पनि समानुपातिकतर्फको मतगणना जारी छ । २ सय ४० स्थानका लागि भएको प्रत्यक्ष चुनावमा माओवादीले १२०, नेपाली कांग्रेसले ३७, एमालेले ३३, मधेशी जनअधिकार फोरमले ३० र तराई मधेश लोकतान्त्रिक पार्टीले ९ स्थान ल्याएका छन् । यसैगरी, सदभावना महतो पक्षले ४, नेपाल मजदुर किसान पार्टीले २, जनमोर्चाले २, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्र उमेदवारले १ स्थान जितेका छन् । अहिलेसम्मको मत गणना अनुसार, समानुपातिकतर्फ पनि प्रत्यक्ष जस्तै माओवादी पहिलो, नेपाली कांग्रेस दोश्रो, एमाले तेश्रो, फोरम चौथो र तराई मधेश लोकतान्त्रिक पार्टी पाँचौ स्थानमा छन् ।

समानुपातिकतर्फको मतगणनाको पछिल्लो स्थिति यस्तो छ ।

माओवादीः ३० लाख १९ हजार ४२६ नेपाली कांग्रेसः २१ लाख ४० हजार १२४ एमालेः २० लाख ५६ हजार १८५ फोरमः ५ लाख ८१ हजार २४८ तमलोपाः २ लाख ८२ हजार ९९७ राप्रपाः २ लाख ४८ हजार ६२४नेकपा मालेः २ लाख ३१ हजार ९२१सदभावनाः १ लाख ५५ हजार २४२जनमोर्चाः १ लाख ५० हजार २२३ संय’क्तः १ लाख ४५ हजार ९८७ राप्रपा नेपालः १ लाख ३ हजार

'संयुक्त सरकार नै बन्नु पर्छ'

९ बैशाख २०६५
अब बन्ने सरकार पनि संयुक्त सरकार नै हुने तथा सहकार्यको मान्यताभन्दा कुनै दल दायाँ बायाँ लाग्न नपाउने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले अब बन्ने सरकार पनि संयुक्त सरकारको मान्यता अनुसार अघि बढ्ने तथा कुनै दलले सहकार्यको मान्यताभन्दा दायाँ/बायाँ गर्न नमिल्ने बताएका छन् । नबिल बैंक र फ्रेन्डस अफ बागमतीले राजधानीमा उपत्यकाका तीन जिल्लाबाट चुनाव जितेका संविधानसभासदहरुको स्वागतमा बैशाख ९ गते आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले जनताले माओवादीलाई ठूलो तथा अन्य दललाई पनि सानो भारी बोकाएको दावी गरे । प्रचण्डले दुई चार सीट बढी जित्दैमा कुनै दलले हौसिन नहुने तथा दुई चार सीट कम जित्दैमा कुनै दल आत्तिन नहुने पनि उल्लेख गरे ।


कार्यक्रमका प्रमूख वक्ता प्रचण्डले शान्तिप्रक्रियाको सबैभन्दा संवेदनशिल प्रश्न सेना समायोजन भएको तथा अब बन्ने सरकारले सेना समायोजन सम्पन्न गर्ने बताए । शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याएर नेपाली जनताले बिश्वलाई नयाँ सन्देश दिने पनि कार्यक्रममा प्रचण्डले दावी गरे । अबको काम राजतन्त्र र त्यसको अवशेषको अन्त्य हुने पनि कार्यक्रममा प्रचण्डको भनाइ थियो ।

Monday, April 14, 2008

माओवादी १ सय १६ स्थानमा विजयी

afnonews,April-15
संविधान सभा निर्वाचनको २ सय १२ स्थानको घोषित परिणाममा माओवादीले १ सय १६ स्थानमा विजय हासिल गरेको छ ।
अन्य दलभन्दा माओवादी निकै अगाडि छ । समानुपातिकतर्फ पनि माओवादी अग्रता कायमै छ ।
नेपाली कांग्रेसले ३३ स्थानमा विजय हासिल गरेको छ । एमालेले ३० स्थानमा जीन हात पारेको छ ।
मधेशी जनअधिकार फोरमले २१, तर्राई मधेश लोकतान्त्रिक पार्टीले ७, नेमकिपाले २, सदभावना महतो पक्षले २, जनमोर्चाले १ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा जीत हासिल गरेका छन् ।
७ स्थानको मतगणना भइरहेको छ भने २१ स्थानमा चुनाव रद्य भएका छन् ।

Wednesday, April 9, 2008

संविधानसभाको ताजा विवरणका लागि हाम्रो अनलाइन समाचार
www.afnonews.com हेर्नुहोला ।